निशान भट्टराईले ल्याए नयाँ गीत, भिडियोमा अनमोल जस्ता देखिने अभिषेको डान्स (भिडियो)

2 weeks अगाडी

नेपालको चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याएका छन् । उनको स्वर रहेको ‘मेरो आँखा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा निशानलाई गरिमा केसीले गायनमा साथ दिएकी छन् । दिग्गज धरौलीको शव्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको सो गीत संगीतकार अर्जुनले नै एरेन्ज गरेका हुन् ।

यता गीतको भिडियोमा भने नायक अनमोल केसीको डुप्लिकेट भन्दै भाइरल भएका अभिषेक श्रेष्ठ र नायिका करिश्मा श्रेष्ठ फिचर्ड छन् । शुभम भुजेलको कोरियोग्राफीमा बनेको सो गीतको भिडियोमा बसन्त घर्ती मगरले भिएफएक्स भरेका छन् । यस्तै गीतको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् भने रामप्रसाद चोधरीले सम्पादन गरेका छन् ।

          January 8, 2019 1:07 pm | कला/मनोरंजन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...