विराटनगरमा सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार

2 weeks अगाडी

मोरङ – विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबार साँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ ।

दुई करोड रुपैयाँको कारोबार गर्दै मेला सकिएको मोरङ क्यान इन्फोटेकका अध्यक्ष राजन यादवले जानकारी दिनुभयो । विराटनगरको जैन भवनमा आयोजित मेलामा ५० कम्पनीका १ सय १० वटा स्टलहरु राखिएका थिए ।

मेलामा स्मार्ट सिटि,नेपाल आउटसोर्सिङ इन्डस्ट्रीको प्रोफाइल,मार्केटिङ गर्ने वेबसाइट सञ्चालन, इन्टरनेट कनेक्टिभिटी र ब्यान्डविथमा कवलोकनकर्ताको बढी चासो देखिएको अध्यक्ष यादवले बताए ।

मोबाइल, र इन्टरनेट पहुँचको कार्यक्रम विद्युतीय कारोबार थालनी क्यासलेस कल्चर, आईसीटी शिक्षा र छात्रवृत्तिले महोत्सवलाई थप प्रभावकारी बनाएको समेत उहाँले बताउनुभयो । नेपाल क्यान इन्फोटेकका दीपेश पाठक र ठाकुरकुमार श्रेष्ठले अब आउने दिनमा सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुग्ने बताए ।

मेलामा रहेका स्टलमध्ये कृषि समूह र आर्दश प्रफूल समूह उत्कृष्ट घोषित भए । प्रविधिसम्बन्धी प्रदेशस्तरीय महामेला क्यान इन्फोटेक–२०१९ मा सर्वसाधारण र आईटीसम्बन्धी जिज्ञासुहरुको सहभागिता उत्साहजनक रहेको आयोजक समितिले जनाएको छ ।

उज्यालो बबाट

          January 8, 2019 8:59 am | प्रदेश,समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...