एक हप्तामा नै गोरो बन्ने पाँच घरेलु उपाय

2 weeks अगाडी

काठमाडौं । सुन्दर हुन धेरैलाई मनपर्छ। त्यसैले हरेक व्यक्तिले बजारमा पाइने विभिन्न खालका महँगा सौन्दर्य सामग्रीहरूको प्रयोग गरेको पाइन्छ। तर हाम्रै घर भान्छामा हुने विभिन्न खालका खाद्य प्रदार्थहरू लगाउने गर्नाले छोटो समयमानै सुन्दरतामा निखार पनि आउँछ।

सुन्दर बनाउने पाँच घरेलु उपाय कागती : कागतीले छालाको रंग हल्का बनाउँछ। कागतीले छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउँछ। कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेटसम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाइँको अनुहार गोरो र चम्किलो बन्छ।

बेसार : काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाइँको छालाको रंगमा परिवर्तन ल्याउँछ।

बेसन : बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो। यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखी छालामा लगाउँने गर्नाले छालामा चमक ल्याउँछ। यसमा कागती र टमाटर पनि मिलाएर प्रयोग गर्न सकिन्छ।

चंदन पाउडर : चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउँछ। गुलाव : गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ।

          January 7, 2019 7:50 pm | स्वास्थ्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...