बौद्धमोड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु

2 weeks अगाडी

बाहुनडाँगी । प्रथम बौद्धमोड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

मेचीनगर– २ स्थित मेची जनसाधारण माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्ने भएका छन् ।

सो प्रतियोगितामा इलामको एउटा क्लवसहित झापाका ८ वटा क्लवले भाग लिने आयोजक बौद्धमोड खेलकुद समितिका संयोजक कृष्णप्रसाद रिजालले बताए ।आयोजक समितिका सचिव पूर्णबहादुर खड्काका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र मेची नेत्रालय फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला रेफ्री सङ्घको प्राविधिक सहयोग रहने प्रतियोगिताको फाइनल खेल यहि पुस ३० गते सोमबार हुने बताइएको छ ।
प्रतियोगितालाई मेचीनगर वडा नम्बर १, २ र ३, सनराइज बैङ्क, किङ्ग फिसर बियर, बौद्धमोड कृषि सहकारी संस्था, तेलपानी सामुदायिक वन उपभोक्ता समूह र मेची साउण्ड सिस्टमले प्रायोजन गरेका छन् । करिब ६ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगदराशी ५१ हजार तथा ३१ हजार रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

          January 7, 2019 11:30 am | खेलकुद
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...