दशनामीलाई सहकारी शिक्षा

3 weeks अगाडी

बिर्तामोड । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले नेपाल दशनामी समाज अर्जुनधारा ११ को समूहलाई सहकारी शिक्षा प्रदान गरेको छ । ऊँ नमः शिवायको शेयर सदस्य बन्दा हुने फाइदा र नबन्दा हुने वेफाइदाका विषयमा आइतबार सालबारीमा सहकारी सदस्य शिक्षा दिइएको हो ।

समूहका अर्जुनधारा ११ अध्यक्ष राधेश्याम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज झापाका वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, प्रदेश १ का सदस्य सुशिला गिरी, चित्रबहादुर भारती, बयोबृद्ध हर्कराज गिरी, मनप्रसाद भारती, समूहकी सचिव लक्ष्मी भारती लगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन दशनामीका क्षेत्रीय अध्यक्ष सूर्यप्रसाद गिरीले गरेका थिए ।

          January 6, 2019 6:12 pm | सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...