बालविवाह गर्ने जोडी प्रहरी नियन्त्रणमा

3 weeks अगाडी

बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरूले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएका थिए ।

तोकेको भन्दा कम उमेरमा विवाह गरेको भन्ने सूचनाका आधारमा उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । ओखलढुङ्गाामा ५० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेका विभिन्न अध्ययनले देखाएको छ।
देश संचार बाट

          January 5, 2019 8:19 am | प्रदेश
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...