‘मार्केटमा अष्ट्रेलियाको क्रेज बढ्दो छ’ : कृष्ण खतिवडा


उच्च एवम् गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्देश्यले नेपालबाट विदेश जाने युवाको लर्को थामी नसक्नुको छ । दुई दशक अघिसम्म धनाढ्य वर्गको मात्र पहुँच रहने विदेशको शिक्षामा आज सबैजसो मध्यम वर्गीय परिवारका युवा पुगेका छन् । पारिवारिक आम्दानी कम भएका सामान्य जीवनयापन निर्वाहा गर्ने परिवारका युवाले पनि अध्ययनसँगै रोजगारीको आशामा विदेश टेक्न थालेका छन् । यो सबैको मेलोमेसो मिलाइदिने काम एजुकेशनल कन्सल्टेन्सीले गरिदिने भएकाले युवामा विदेशमोह ह्वात्तै बढेको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेज यस्तै एउटा एजुकेशनल कन्सल्टेन्सी हो । जसको स्थापना सन् २००३ मा अष्ट्रेलियामा गरिएको हो । विश्वका अन्य देशहरुलाई छाडेर अष्ट्रेलियामा नै अध्ययनका लागि विद्यार्थी भित्राउने गरी स्थापित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेजका अहिले अष्ट्रेलियामा ८ वटा, नेपालमा १६ वटा अन्य मुलुकहरुमा गरी जम्मा ३१ वटा शाखा सञ्चालनमा छन् । स्थापनाको १५ वर्षे अवधिमा एक्सपर्टबाट करिब ३० हजार विद्यार्थीहरुले शैक्षिक परामर्श, अष्ट्रेलियामा अध्ययन एवम् टुरिष्ट भिजाको सेवा लिइसकेको तथ्याङ्क छ ।

नेपालमा रहेका १६ वटा शाखामध्ये झापाको बिर्तामोडमा २०७२ साल असोज महिनाबाट एक्सपर्टले सेवा प्रवाह गर्न थालेको हो । चौथो वर्षको दौरानमा बिर्तामोड शाखाबाटमात्र ३०० भन्दा बढीले सेवा लिएको जानकारी गराउँदै शाखा प्रबन्धक कृष्ण खतिवडा भन्छन्, ‘बजारमा अष्ट्रेलिया पठाउने थुप्रै दोकानहरु खुलेका छन् तर गुणस्तरीय, भरपर्दो सेवा अनि विश्वसनीय परामर्शका लागि एक्सपर्टकमा एक्सपर्ट सेवा दिने जनशक्ति छ ।’

कस्तो छ त अष्ट्रेलिया जानको लागि एक्सपर्ट ? यसका सेवा प्रवाह गर्ने विधि प्रणालीहरु कस्ता रहेछन् ?

सुनौं, हेरौंः एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बिर्तामोड शाखाका प्रबन्धक कृष्ण खतिवडासँगको यो भिडियो सम्वाद:

          January 4, 2019 8:45 pm | अन्तर्वार्ता,भिडियो
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...