पुरुषले सुखद् यौन जीवनका लागि अपनाउनुहोस् यी उपाय

3 weeks अगाडी

काठमाडौं । सुखद यौन जीवन नभएका कारण धेरै दम्पतीहरूको पारिवारिक सम्बन्ध नै धरापमा पर्ने गरेको पाइन्छ। मानिसको जीवनशैली तथा विभिन्न कारणले यौन क्षमतामा कमी आउने गर्छ।

यस्तै, पुरुषहरूमा पनि विभिन्न कारणले यौन क्षमतामा कमी आउँछ। अत्यधिक धुम्रपान तथा अन्य कारणले यौन क्षमतामा कमी आउने गर्छ। धुम्रपानले पुरुषको प्रजनन् क्षमतामा ह्रास मात्रै ल्याउने होइन कि वीर्य उत्पादनमा समेत कमी ल्याउँछ। त्यसैले धुम्रपान छोड्नु राम्रो हुन्छ। त्यसो त जसले धुम्रपान गर्छ, उसको मुटुको रक्तनलीमा अवरोध उत्पन्न भई रगत प्रवाहमा कमी हुन जान्छ, जसले रक्तचाप आफैँ बढाउँछ। त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ।

नियमित व्यायाम गर्ने

नियमित व्यायाम गर्ने व्यक्तिको मोटोपना घटाउँछ, जसले शरीर स्वस्थ र फुर्तिलोसमेत बनाउँछ। जो स्वस्थ र फुर्तिलो हुन्छ, उसको शुक्राणु अर्थात् वीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ। अर्थात् शुक्रकिटको परिमाण र गुणस्तरसमेत उत्तिकै राम्रो हुन्छ।

स्टिमबाथ कम गर्ने

सातामा एक दिन साउनाबाथ अर्थात् तातोपानीमा वा बाफ लिएर नुहाउनु ठीक हो तर ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी तातो पानी वा साउनामा नुहाउने वा बस्नेको शुक्रकिट तथा अण्डा कम उत्पादन हुने गर्छ।

मोवाइल चलाउने र साथमा कम राख्ने

मोवाइल वा ल्यापटप धेरै बेरसम्म आफ्नो खल्तीमा राख्नुहुँदेन। मोबाइलमा हुने विकिरणले सिधा असर पुरुषको अण्डकोष वा शुक्राणु उत्पादन गर्ने ग्रन्थीलाई गर्छ। उत्पादित शुक्रकिटमा क्षति पुर्‍याउँछ।

भित्री वस्त्र टाइट नलगाउने

अन्डरवेयर वा पाइन्ट टाइट लागाउनेलाई पनि यौन जीवनमा असर गर्छ। टाइट कपडा लगाउँदा अण्डकोषको ग्रन्थीले पर्याप्त शुक्रकिट उत्पादन गर्न सक्दैन। यस्तै; लामो समयसम्म बसिरहनुपर्छ भने टाइट अण्डरवेयर वा पाइन्ट लगाउनुहुँदैन।

सकेसम्म कफी कम खानुहोस्

धेरैको कफी खाने बानी हुन्छ तर धेरै कफी खानेको यौन जीवनमा असर गर्छ। दिनमा एक कपभन्दा बढी कफी खाने गर्नाले कफीमा हुने विभिन्न तत्त्वहरूले वीर्यको उत्पादनमा असर गर्छन्।

          January 4, 2019 7:17 pm | स्वास्थ्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...