मेरो आशय त्यस्तो थिएनः नगरप्रमुख शिवाकोटी

3 weeks अगाडी

बिर्तामोड । खुल्ला सभा र कार्यक्रमहरुमा प्रदान गरिने ब्याच, खादाको प्रयोग घटाउन र मितव्ययी बन्न आग्रह गर्दा आफूबाट गलत शब्द उच्चारण भएकोमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले दुखित बनेको जनाएका छन् ।

आज विज्ञप्ती प्रकाशन गरी नगरप्रमुख शिवाकोटीले पुष १५ गते बिर्तामोड १० स्थित धर्मचक्र गुम्वामा आयोजित ल्होसार पर्वमा बोलेका कुराले कसैप्रति अपमान गर्ने मनसाय नभई फजुल खर्च घटाउन आग्रह गरिएको जिकिर गरेका छन् ।

नगरप्रमुखको भनाइसहित कार्यक्रमको फुटेज देखाएर हिजो तमू ह्यूल छोज् धीले पत्रकार सम्मेलन गर्दै आक्रोस व्यक्त गरेको थियो । नगरप्रमुख शिवाकोटीले उक्त विज्ञप्तीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आफूले पनि विज्ञप्ती जारी गरेका हुन् ।

          January 3, 2019 8:37 pm | समाज,स्थानीय तह
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...