तारा नमस्ते बालग्राममा मनकामना साहित्यिक परिवार

4 weeks अगाडी

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोडको मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बालग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

२०६९ सालदेखि नारायण पोखरेलले सञ्चालनमा ल्याएको सो बालग्राममा विभिन्न जिल्लाका १३ जना अनाथ तथा असहाय बालबालिकाले आश्रय पाएका छन् ।

बाबु आमा नभएका तथा बाबुआमाले छोडरे गएका बालबालिकाहरुको संरक्षण गर्दै आएका बालग्रामको आयस्रोत नभएकाले उनीहरुलाई सहयोग गरिएको बताइएको छ ।

स्वीजरल्याण्डमा रहेको नारायण पोखरेलका छोरा उज्जवल र उनका साथी राफेल ग्याल्मोरले त्यहाँबाट संकलन गरेर पठाउने सहयोग रकम बाहेक बालग्रमको अन्य आर्थिक श्रोत नभएको अध्यक्ष पोखरेलले बताए । शैक्षिक सामग्री प्रदान गर्न गएको साहित्यिक परिवारको समूहलाई इंगित गर्दै अध्यक्ष पोखरेलले यस्तै संस्थाहरुले सहयोग गर्दा आफूहरु अत्यन्तै खुशी भएको बताए ।

अतिरिक्त क्रियाकलापमा अब्बल मनकामना साहित्यक परिवारले आफ्नो क्याम्पसमा समय–समयमा कविता गोष्ठी तथा अन्य कार्यक्रमहरु गरिरहेको क्यापसका सहायक प्रमुख राजेन्द्र प्रसाईले जानकारी दिए ।

यसअघि मेचीनगरका मिर्गौला पिडीत शिव कुँवरलाई पनि साहित्यिक परिवारको तर्फबाट सहयोग गरिएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यमा परिवार अग्रसर रहने संस्थाका अध्यक्ष संगीता कोइरालाले बताइन् ।

          December 27, 2018 8:53 pm | समाचार,साहित्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...