गौरादहमा सन्तोषजनक काम भइरहेको नगरप्रमुखको दाबी

4 weeks अगाडी

गौरादह । झापाको गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका लागि निर्धारित योजना कार्यान्वयनमा सन्तोषजनक प्रगति भइरहेको जनाएको छ । नगरसभाले पास गरेका योजनाहरु चालू आर्थिक वर्षको आधा समयमा आइपुग्दा कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको दावी गरेको हो ।

नगरपालिका कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रोहितकुमार साहाले नगरसभाबाट सर्वसम्मत पास भएका योजनाहरुको कार्यप्रगति सन्तोषजनक रहेको दावी गरे । समृद्ध गौरादह निर्माणका लागि सञ्चालन गरिएका योजनाहरुको वित्तीय र भौतिक प्रगति हेर्दा सन्तोषजनक रहेको उनको कथन छ ।

सडक, पूल, ढल, सौर्य सडक बत्ती, खानेपानी तथा सिंचाई, मठ मन्दिरजस्ता पूर्वाधार विकासका योजनाहरुमा कार्यप्रगति सन्तोष जनक रहेको पत्रकार सम्मेलनमा नगरप्रमुख साहाको तर्क छ ।

सो अवसरमा नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले नगरसभाले विभिन्न शीर्षकमा विनियोजन गरेको बजेटलाई मितव्ययी ढंगले परिचालन गरिएको जानकारी दिए ।

विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा नगरपालिकाको खर्च धेरै देखिएको भन्ने गुनासो आएको भन्दै प्रवक्त भण्डारीले नगरसभाले विनियोजन गरेको सबै रकम खर्च नभएर अनुमानित विनियोजन मात्रै भएको प्रस्ट पारे ।

          December 27, 2018 7:57 pm | समाचार,स्थानीय तह
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...