बक्सिङ खेलाडीलाई विदाई

1 month अगाडी

मेचीनगर । तेस्रो गणेशमान सिंह स्मृति कपमा भाग लिने बक्सिङ खेल विधाका झापाली खेल टोलीलाई बिहीबार विदाई गरिएको छ ।
शुक्रबारदेखि विराटनगरमा सुरु हुने प्रदेश १ स्तरीय बक्सिङ प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टोलीलाई विदाई गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शंकर थापा, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनालीलगायतले टोलीलाई शुभकामनासहित विदाई गरेका हुन् ।

सो खेलका लागि झापाबाट पुरुषतर्फ ४९ केजी तौल समूहमा धर्मेन्द्र राई, ५२ केजीमा प्रविन बयलकोटी, ५६ केजीमा सुरेन्द्र राई, ६० केजीमा टिकेन्द्र राई, ६४ केजीमा अभिनय राई, ६९ केजीमा प्रेम गुरुङ, ७५ केजीमा तेविन प्रधान र ८१ केजीमा प्रोसिस रुचाल छन् ।

त्यस्तै, महिलातर्फ ४९ केजी तौल समूहमा रोशनी लावती, ५१ केजीमा अरुणा योङहाङ, ६० केजीमा पवित्रा धिमाल र ६४ केजीमा टिसा जवेगु छन् ।

आइतबार समापन हुने सो प्रतियोगिताका लागि विदाई हुने १४ सदस्यीय टोलीको टिम म्यानेजरमा झापा बक्सिङ संघका सदस्य तर्कराज राई र प्रशिक्षकमा डम्बरबहादुर लिम्बू छन् ।

          December 14, 2018 2:41 pm | खेलकुद
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...