ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिन्छु : मुख्यमन्त्री राई

2 months अगाडी

ताप्लेजुङ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् ।

ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ आएका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोडिएकाले यसलाई सन्चालन गर्न सरकार प्रयासरत् रहेको बताए ।

पछिल्लो समयमा सीमा सुरक्षाका सम्बन्धमा धेरै टीका–टिप्पणी आउन थालेकाले सुरक्षा अवस्थाबारेसमेत अध्ययन भइरहेको उनको भनाइ थियो ।

इमेजखबर

          December 8, 2018 3:02 pm | प्रदेश
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...