चिर्पटले हानेर बुवा र ठूलोबुवाको हत्या

1 week अगाडी

टीकापुर । काठको चिर्पटले हानेर एक युवकले बुवा र ठूलोबुवाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–४ बलियाका जहरसिंह चौधरीले शुक्रबार बिहान काठको चिर्पटले हानेर आफ्नो बुवा र ठूलोबुवाको हत्या गरेका हुन् ।

करिब २१ वर्षीय चौधरीले करिब ५५ वर्षीय बुवा चंख चौधरी र करिब ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेका हुन् । यस्तैगरी सोही घटनामा उनकी आमा पनि घाइते छिन् ।

घाइते आमालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन भने यसबारे अनुसन्धान भइरहेको छ ।

          December 7, 2018 12:56 pm | समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...