काँकरभिट्टालाई पराजित गर्दै विर्तामोड विजयी

1 week अगाडी

मेचीनगर । झापाको मेचीनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिता–२०७५ को बिहिबारको खेलमा विर्तामोड युनाईटेड विर्तामोडले काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

खेल सुरु भएको १७ औं मिनेटमा विर्तामोड युनाईटेड विर्तामोडका नगेन लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका मिलन राईले २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाए । विर्तामोड युनाईटेड विर्तामोडको तर्फ बाट २८ औं मिनेटमा विकाश लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसै गरी ३२ औं मिनेटमा विर्तामोड युनाईटेड विर्तामोडका आकाश खड्काले गोल गर्दै थप अग्रता कायम गराउन सफल भएका थिए । त्यसै गरी विर्तामोड युनाईटेड विर्तामोडको तर्फ बाट ४५ औं मिनेटमा पुन विकाश लिम्बुल गोल गर्दैे टिम लाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विर्तामोड युनाईटेड विर्तामोडका आशिष चापागाई म्यान अफ द म्याच घोषित भए । उनले नगद एक हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा बिजेता टिमले नगद पचास हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ, । उपबिजेताले नगद तीस हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

शुक्रबारको खेल फिक्कल एफसी इलाम र न्यू स्टार क्लब खोपबाडी बीच हुने आयोजकका सन्तोस धिमालले बताए । नगर क्षेत्रमा खेलकुदको विकास र विस्तार तथा खेल मैदानको स्तरोन्नती गर्ने उदेश्यले मेचीनगर–८ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

          December 6, 2018 7:51 pm | खेलकुद
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...