मेचीनगरका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

1 week अगाडी

मेचीनगर । १५औँ महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले ६० वर्ष उमेर पुगेका स्वयम सेविकाहरुको विदाई गर्दै नयाँलाई स्वगत तथा वर्ष उत्कृष्टलाई पुरस्कृत गरेको छ ।

मेचीनगरको वडानम्बर १ बाट तोत्राकला आचार्य, ११ बाट देवी बराल र १४ बाट शारदा सुवेदीलाई उमेर हदका कारण विदाई गर्नुपरेको हो । उनीहरुलाई नगद २० हजार रुपैयाँ र कदरपत्रसहित विदाई गरिएको छ । उनीहरुको स्थानमा सम्बन्धित वडाका आमा समूहको सिफारिसमा वडानम्बर १ बाट गीता थापा, ११ बाट सावित्रा कट्टेल भट्टराई र १४ बाट दिव्या ढकाललाई नियुक्त गरिएको छ ।

‘महिला स्वास्थ्य स्वयम सेविकाहरुको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विदाई, स्वागत र पुरस्कृत गरिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा वर्ष उत्कृष्ट स्वयम सेविकाका रुपमा हरेक वडाबाट १–१ जनालाइ नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको हो । नगर कार्यपालिका सदस्य विन्दा प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले नगदसहित प्रमाणपत्र प्रदान गरेका हुन् ।

          December 6, 2018 7:34 pm | समाचार,स्थानीय तह
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...