निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

1 week अगाडी

काठमाडौं । निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् ।

काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ । घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।

सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ ।बालिका निर्मला पन्तको सामूहिक बलात्कार पछि हत्या भएको हुन सक्छ, नयाँ पत्रिकाको अनुसार प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ ।

यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् ।

अन्नपूर्ण दैनिकबाट ।

 

          December 6, 2018 8:02 am | छापाबाट
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...