अर्जुनधाराका स्वास्थ्य स्वयम सेविकाले उपदान पाउने

1 week अगाडी

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविकाले अवकाश लिँदा ४० हजार रुपैयाँ पाउने भएका छन् ।

१५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आफ्नो नगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई अवकासको समयमा ४० हजार रुपैयााँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

स्वास्थ्य स्वयंसेविकाहरुले नगरबाट २० हजार रुपैँया र सशर्त अनुदानमा २० हजार रुपैयाँ पाउने नगर स्वास्थ्य सहसंयोजक मिश्रीलाल शर्माले जानकारी दिए ।

दिवसको अवसरमा नगरपालिकाको तर्फबाट प्रमुख राना र उपप्रमुख कमला खतिवडाले स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्राथमिक उपचार किटसमेत प्रदान गरेका छन् । स्वास्थ्य शाखा अर्जुनधारको तथ्यांक अनुसार नगरका ११ वडामा ३५ महिला स्वास्थ्य स्वयमसेविका सेवारत छन् ।

          December 5, 2018 8:46 pm | स्थानीय तह,स्वास्थ्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...