विदेशी धर्ममा सरकार नै अग्रसरः लिङ्देन

1 week अगाडी

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापीरुपमा हिन्दू जागरण राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले प्रदेश स्तरीय प्रजातान्त्रिक भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए ।

मंसीर २१ र २२ गते बिर्तामोडमा हुने प्रदेश नम्बर १ स्तरीय प्रशिक्षण भेलामा राप्रपाका अध्यक्ष कमल थापा तथा राष्ट्रिय हिन्दू नेपालका जगतगुरु बालसन्त देवाचार्यले सम्बोधन गर्ने महामन्त्री लिङ्देनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी महामन्त्री लिङ्देनले नेपाली जनताले वैदिक सनातन हिन्दू धर्म चाहेको तथा हिन्दू राष्ट्र नेपालीको पहिचान रहेको जिकिर गर्दै राष्ट्रिय एकता, समुन्नत नेपाल तथा पहिचान बोकेको राजसंस्था आजको अपरिहार्यता रहेकोले हिन्दू जागरण अभियानले सो पूरा गर्ने दाबी गरे ।

हिन्दू जागरण अभियानको नेत्तृत्व गर्नमा आफ्नो पार्टी गम्भिर रहेको बताउँदै जबरजस्ती विदेशी धर्मको प्रभाव ल्याउन सरकार नै अप्रतक्ष्यरुपमा लागेको गुनासो गरे ।

          December 5, 2018 5:31 pm | राजनीति
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...