रोशनीलाई जेसीज वर्ष २०१८ का अध्यक्ष कटुवालले दिए छात्रवृत्ति

1 week अगाडी

कमल । कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष केदार कटुवालले एक बालिकाको अविभावकत्व ग्रहण गरेका छन् ।

जेसीज सप्ताह समापनको अवसरमा कटुवालले आफ्नै वडाको बाँसबारी आधारभूत विद्यालय कक्षा ९ मा अध्ययनरत रोशनी तामाङ्गको शिक्षाका सहयोग गर्ने घोषणा गरेका छन् । रोशनीले कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पर्ने विद्यालय पोशाक, ब्याग, शिक्षण शुल्क र स्टेशनरी प्रदान गर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।

रोशनीको शिक्षा प्रदान गर्ने सन्दर्भमा अभिभावकत्व ग्रहण गर्दै कटुवालले आजै रोशनीलाई विद्यालय जाँदा लगाउने पोशाक, स्कूल ब्याग र यो वर्षलाई पुग्ने स्टेशनरी प्रदान गरेका छन् । रोशनीका लागि यस्तो सुविधा छात्रवृत्ति जत्तिकै भएको छ ।

सो वडाका भिमबहादुर मगरको छोरा अभिषेक मगरसँग कमल गाउँपालिका २ क्याम्पाकी रोशनी तामाङ्गको प्रेम विवाह भएको वर्ष दिन नपुग्दै क्यान्सरका कारण अभिषेकको मृत्य भएपछि रोशनीले पढाई छोड्नु परेको थियो ।

जेसीज सप्ताह समापनका अवसरमा आयोजित कार्यक्रममा नेपाल जेसीज वर्ष २०१८ का जेसीआई सिनेटर प्रकाशप्रसाद अधिकारीले अहिलेसम्म कुनै पनि शाखाले यस्तो रचनात्मक काम नगरेको बताए । कमलनगर जेसीजले गरेका अन्य सामाजिक कामहरु भन्दा यस्तो रचनात्मक कामले संस्थाको उचाई अझ बढेको उनले औंल्याए ।

कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले पनि यस किसिमको कार्य अहिलेसम्म कुनै पनि शाखामा नभएकोले जेसी कटुवालले गरेको यस्तो कार्य सराहनीय रहेको बताए ।

          December 5, 2018 2:33 pm | समाचार,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...