आज रियाल, रिंगिट, दिर्हाम विदेशी मुद्राको भाउ बढ्यो

1 week अगाडी

काठमाडौं । लगातार घटेको रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको भाउ मंगलबार केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ५० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ २६ पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो

          December 4, 2018 12:16 pm | अर्थ
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...