श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड

1 week अगाडी

काठमाडौं । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपालकी प्रतिश्पर्धी श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड जितेकी छन् ।

चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृहजिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् ।

उनी आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन् । यसअघि सन् २०१३ मा नेपालकी प्रतिश्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ब्यूटी विथ पर्पज अवार्ड जितेकी थिइन् ।

श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । दुई अवार्ड जितेकी उनी प्रतिस्पर्धाको टप ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।

          December 4, 2018 8:09 am | कला/मनोरंजन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...