अर्जुनधारा नगरपालिकाद्वारा बजार अनुगमन, प्रतिबन्धित सामाग्री जफत

2 weeks अगाडी

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन तीव्र बनाएसँगै नेपालमा प्रतिबन्धित सामाग्री समेत जफत गरेको छ ।

अनुगमन टोलीले खुदुनाबारी र मु्ख्य बजार आइतबारे अनुगमन गर्दा कस्मेटिक, फुटपाथ पसल र पार्लरहरुबाट नेपालमा प्रतिबन्धित औषधीसहित अन्य साम्रागी जफत गरिएको स्वास्थ्य संयोजक एंवम अनुगमन सदस्य मुकुन्द बस्नेतले बताए । मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक औषधी नेपाल औषधी विभागमा दर्ता नभएकाले प्रतिबन्धित साम्रागी जफत गरिएको बस्नेतले बताए । बिर्तामोड भद्रपुरमा व्यवसाय गरिआएका धर्म शाहबाट उक्त जफत गरिएको सामान आयात हुने गरेको अनुगमनको क्रममा खुलेको बस्नेतले बताए ।

आम नागरिकमा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले दशैंयता लगातार छड्के अनुगमन गरिरहेको छ । नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक कमला खतिवडा (आचार्य) को संयोजकत्वमा शनिश्चरे प्रहरी चौकी, उद्योग वाणिज्य संघ, बिभिन्न बिषयगत शाखा तथा पत्रकारको टोलीले खुदुनाबारी बजार क्षेत्रका बिभिन्न ४२ वटा पसलमा अनुगमन गरेको हो ।

टोलीले अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण गरे (नगरेको, राजस्व तिरे (नतिरेको र म्याद गुज्रेको अखाद्य बस्तु, नापतौलको प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, मासुको गुणस्तर, व्यवसायी र घरधनी बिचको सम्झौता पत्र लगायतको विषयमा अनुगमन तथा निरिक्षण गरेको थियो ।

अनुगमनको क्रममा अधिकास पसलहरुमा मूल्यसूचि नभएको, पसलमा साइनबोर्ड, भाडामा सम्झौता नभएको, अवधि नागेको औषधी भेटिएको बरिष्ठ योजना अधिकृत हेमराज सेडाईले बताए । ४ वटा मिठाई पसल, १५ वटा किराना, ५ वटा कोल्ड सेन्टर, १३ वटा मासु पसल , २ वटा डेरी पसल, पार्लर २, कम्युनिकेशन १ अनुगमन गरेको अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख कमला आचार्यले बताइन ।

पहिलो चरणको बजार अनुगमन सकेपछि तत्काल दास्रो चरणको अनुगमन हुने बताउदै समिति संयोजक आचार्यले प्रचलित नियम पु¥याएर व्यवसाय सञ्चालन गर्न व्यापारी व्यवसायीलाई आग्रह समेत गरेकी थिइन । बजार अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न म्याद गुज्रेका खाद्य बस्तु भारतबाट आयात हुने दोफूल तेल, चटपटेमा लगाउने रङ, अगुरा चिल्ली सस समेत जफत गरेको थियो ।

अनुगमन टोलीका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत पकज भुर्तेलले व्यवसायी संघमा दर्ता भएपनि धेरैजसो व्यापारी व्यवसायी नगरपालिकामा दर्तामा नआएको भेटिएकाले पुर्णतया दर्ता गरि कागजात देखिने गरि पसलमा झुण्ड्याउन आग्रह गरे । दर्ता प्रक्रियामा नआएका बिभिन्न पसलमा समेत टोलीले आगामी दिनमा विशेष निगरानी बढाउने भुर्तेलले बताए ।

अनुगमन समितिका संयोजक एवं उपप्रमुख कमला आचार्यको संयोजकत्वमा बजार अनुगमनमा निस्केको टोलीमा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, सदस्य सचिव हेमराज सेडाई, शनिश्चरे प्रहरी चौकीका प्रमुख सई राजन खड्का , शनिश्चरे उद्योग वाणिज्य संघका मेनुका पौडेल, सविता श्रेष्ठ, नगरपालिका कृषि शाखाका प्रमुख सालिकराम भट्टराई पशुशाखा विकास शाखा सावित्रा दाहाल , स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेत, अनुगमन समितिकी सदस्य दिलमाया दास, उपभोक्ता हक हित संरक्षण मञ्चका बिमला भट्टराई, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष कुमार भट्टराई, प्रेस क्लबका पूर्व अध्यक्ष दिपिन राई, पत्रकार अमित खम्बु सहित सरोकारवाला अनुगमन टोलीमा सहभागी थिए ।

          December 3, 2018 7:57 pm | समाचार,स्थानीय तह
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...