सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

1 month अगाडी

धनगढी ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो।

मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो।

मन्त्री सोडारी यस अघि पनि पटकपटक विवादमा तानिएका थिए।

– अन्नपूर्णबाट

          November 13, 2018 3:31 pm | प्रदेश,राजनीति,लोकप्रिय
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...