लाइन्स क्लब अफ शिवसताक्षीद्वारा शैक्षिक सामाग्री वितरण

2 months अगाडी

दूधे । शिवसताक्षी न.पा.११ दूधे स्थित एक सामुदायिक विद्यालयमा लाइन्स क्लब अफ शिवसताक्षीले शैक्षिक सामाग्री वितरण गरेको छ ।

लान्यस क्लबले शहिद भिमनारायण आधारभुत विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको ।

कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत गरिव, असाय र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्र्री वितरण गरेको लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ट यामनाथ काफ्लेले बताए ।

उनले कतिपय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु करिवीका कारण पढाईबाट नै बच्चित हुनेको बताउँदै त्यस्ता विद्यार्थीहरुको भविष्य उज्ज्वलको कामनासहित कपि, पेसिन्ल, ज्यामेटी बक्स आदि १० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए ।

कार्यक्रमा लाइन्स क्लबका दुर्गाप्रसाद भट्टराई, जिवन गिरी, अग्नीप्रसाद दुलाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बजगाईँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लक्ष्मण गैरेले सञ्चालन गरेका थिए ।

          October 8, 2018 8:16 pm | लोकप्रिय,समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...