शिवसताक्षीको दूधेमा आगलागी करोडौंको क्षति

4 months अगाडी

दूधे । शिवसताक्षीको दूधेमा रहेको संग्रौला ब्रदर्शमा विहीबार साँझ आगलागी हुँदा करोडौको क्षति भएको छ ।

दूधे बजार स्थित कृष्ण पोख्रेलको घरमा रहेको संग्रौला ब्रदर्शमा आगलागीमा करिब डेढ करोडको क्षति भएको सञ्चालक रमेश संग्रौलाले बताए ।

बन्द गरेको पसलमा साँझ ७ः१५ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि पसलमा रहेका फ्रिज, टिभी, रेडियो लगायत सम्पूर्ण विद्युतीय सामान जलेर नष्ट भएको छ ।

स्थानीय वासी, प्रहरी मिलेर ९ बजे आगो नियन्त्रणमा लिएका थिए । आगालागीबाट  घरमा समेत क्षति पुगेको छ । आगलागी नियन्त्रणमा दमक र विर्तामोडको दमकल केही समय ढिलो आइपुगेको स्थानीयले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने र क्षतिको पूर्ण विवरण प्राप्त भई नसकेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

          August 16, 2018 10:48 pm | लोकप्रिय,समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...