बलात्कार पीडित परिवारलाई सहयोग प्रदान

6 days अगाडी

खुदुनाबारी । एक साता अघि बलात्कृत चार वर्षीया बालिका र पीडित परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघ–सस्था र सामाजिक अगुवाहरुले सहयोग रकमसहित खाद्यान्न प्रदान गरेका छन् ।

पीडित बालिकाका परिवारलाई अर्जुनधारा २ वडा कार्यालयले २ हजार २०० रुपैयाँ, शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैंया, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंया नगद रकमसहित चामल, दाल, खाने तेल खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

पीडित बालिकाको उपचार खर्चमा सहज होस् भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गरिएको सामाजिक अगुवा योगेन्द्र आचार्यले बताए ।
पिडीत परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले सहयोग गरेको आचार्यले बताए ।

रकम हस्तान्तरण गर्न अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनाल, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापा अध्यक्ष योगेन्द्र आचार्य, शान्ति सामुदायिक वनका अध्यक्ष तुलसीप्रसाद खतिवडा, होमनाथ दुलाल, अमर परियार, महिला नेतृ सावित्रा सापकोटा गएका थिए ।

          August 10, 2018 5:32 pm | समाज


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...