विपद् व्यवस्थापन सम्वन्धी छलफल

1 week अगाडी

दूधे । वर्षाको समयमा हुने कटान र डुवानवाट जनधन क्षति हुनबाट जोगाउन शिवसताक्षी नगरस्तरीय विपद् व्यवस्थापन समितिले बुधबार सरोकारवालासँग छलफल गरेको छ ।

समितिका अध्यक्ष नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगर क्षेत्रका साना–ठूला खोलाहरुबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई नियन्त्रण गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सभापति नारायण प्रसाद दाहालले शिबसताक्षी नगरको दक्षिणी क्षेत्र नदीको उच्च जोखिममा रहेको बताए । उनले दक्षिणी क्षेत्र बाहेक नगरको उत्तरीक्षेत्रमा जङ्गली जनवार हात्तिको अतिक्रमण हुने भएकोले स्थानीयलाई आवश्यक तालिम र जोखिमबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनु पर्नेमा जोड दिए । उनले कनकाई नदीको अलग–अलग स्थान गरेर ४ ठाँउमा साइनरसहितको पूर्व सावधानी गर्न सक्ने विशेष खालको उपकरण जोडिसकेको बताए ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायव निरीक्षक डम्बर आर्चायले विपद्को समयमा नागरिक र प्रहरी एक जुट भएमा हुन सक्ने धन–जनको क्षति नियन्त्रण गर्न सकिने बताए । उनले प्रहरीलाई लाइफ ज्याकेट, प्यारासुट (डोरी), ट्युव लगायतका सामाग्रीहरु भएमा विपद्को समयमा उद्धार गर्न सहज हुने भएकोले सो सामाग्रीहरु खरिद गरिदिन नगरपालिकासंग माग गरे ।

राजनिति दलहरुबाट नेकपा झापाका नेता राधाकृष्ण खनालले वर्षासंग अब हुने आगोलागी, हैजा र भुकम्प जस्ता विपद्लाई ध्यान दिदैं पूर्वतयारीका निम्ति अपनाउनु पर्ने सावधारी र त्यस्तो कार्यमा उद्धार र व्यस्थापन सम्बन्धी नगरपालिकाले विशेष भूमिका खेल्न सुझाए ।

राष्ट्रिय जनमुक्ति पार्टी बैकल्पिक केन्द्रीय सदस्य भवानी विक्रम सेलिङले शिबसताक्षी नगरपालिकामा नदी र खोलाहरुबाट कटान र डुवानसंगै उक्तरतर्फ रहेको घना जङ्गलबाट आउने जङ्गली हाक्तिले गाउँमा गर्ने क्षतिको बारेमा नगरपालिका गम्भिर हुन आग्रह गरे ।

कार्यक्रममा इलाका बन कार्यालय झिलझिलेका प्रमुख जीवन पाठक, कनकाई सिचाई उपभोत्ता समितिका अध्यक्ष कमल भण्डारी, पशु शाखा प्रमुख प्रमोद झा, स्वास्थ्य शाखाका रोशन अधिकारी लगायतका विषयगत कार्यालयका प्रमुख तथा प्रनितिधिको उपस्थिति रहेको थियो ।

          August 8, 2018 8:09 pm | समाज


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...