कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा

1 week अगाडी

कतार । नेपाली चलचित्रलाई निरन्तर कतारसम्म पुर्याएर नेपाली दर्शकहरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रवेश गराउने भएका छन् ।

चलचित्र कोहलपुर एक्सप्रेससँगै नायिका केकी अधिकारी र रीमा विश्वकर्मासमेत कतार आउने तथा दर्शकहरुसँै बसेर फिल्म हेर्नेछन् । कोहलपुर एक्सप्रेसको मुख्य भूमिकामा प्रियंका, ऋचा, बुद्धी तामाङ लगायत छन् ।

राजनराज सिवाकोटी, कालीप्रसाद रिजाल तथा अर्जुन पोख्रेलले संगीत भरेको चलचित्रका सबै गीत हिट छन् ।

कमेडी तथा सस्पेन्समा आधारित चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया इण्डष्ट्रीयल क्षेत्रको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा लाग्ने छ ।

आगामी शुक्रबारदेखि शो सुरु हुने बताइएको छ ।

          August 7, 2018 8:31 pm | कला/मनोरंजन,प्रवास


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...