गौरादहका सबै घरमा अब टिनको छानोः नगरप्रमुख साहाको प्रतिवद्धता

2 weeks अगाडी

गौरादह । झापाको गौरादह नगरपालिकाले आगामी ४ वर्ष भित्रमा नगर भित्रका फुसको छाना भएका घर विस्थापित गर्ने भएको छ ।

नगरपालिकाले यसै आर्थिक वर्षमा नगरभित्रका २०० घर परिवारको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट विनियोजन गरेको नगरप्रमुख रोहितकुमार साहाले जानकारी दिएका हुन् ।

चालू आर्थिक वर्षमा नगरभित्रका विपन्न समुदायका घरमा जस्ता पाता लगाउन ३० लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख शाहले बताएका हुन् ।

अहिलेको समयमा पनि विपन्न समुदायको घरमा फुसको छानो रहेको, हरेक वर्ष छाना फेर्नुपर्ने बाध्यता रहेको र वर्षामा पानी चुहिएर घरमा बस्नै समस्या हुने गरेकाले नगरपालिकाले यस्तो जनमुखी कार्यक्रम ल्याएको नगरप्रमुख साहाले दावी गरे ।

नगरपालिका भित्र बसोबास गर्ने जस्तापाता नै खरिद गर्न नसक्ने अति विपन्न परिवार कति छन् भन्ने तथ्यांक संकलन भैरहेकाले केही महिना भित्रै तिनको पहिचान गरी जस्तापाता खरिद प्रक्रिया अघि बढाउने उनको योजना छ ।

आफ्नो कर्याकालभरमा नगर भित्रका सबै घरबाट फुसको छानो विस्थापित गरिसक्ने विषयमा पत्रकारहरुसँग कुरा गर्दै नगरप्रमुख साहाले प्रतिवद्धता जनाएका हुन् ।

          August 5, 2018 4:59 pm | टप,स्थ्यानिय तह


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...