सामुदायिक वनको पुस्तकालय सञ्चालनमा

2 weeks अगाडी

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाताभित्र पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।

समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

यसैगरी प्रमुख अतिथि प्रश्रितको ७७औं जन्मोत्सवसमेत मनाइएको छ भने कार्यक्रममा राजेन्द्र सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

          August 1, 2018 7:16 pm | साहित्य


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...