‘छक्कापञ्जा ३’ को पहिलो नम्बरमा भिडियो सार्वजनिक

2 weeks अगाडी

काठमाडौं । आमा सरस्वती मुभिज् को व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक गरिएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश (पहिलो नम्बर)मा बोलको गीत सार्वजनिक गरिएको हो।

दिपक शर्माले संगीत दिएको उक्त गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर सुन्न सकिन्छ। गीतमा राजेन्द्र थापाको शब्द समावेश छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका प्रायः मुख्य कलाकारहरू फिचरिङ छन्। गीतको भिडियोमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्कालाई पनि फिचर गरिएको छ। उनीहरू भने यस गीतको भिडियोमा मात्र देखिनेछन्।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, विल्सनविक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा रहेका छन्।

फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, तारा बजगाईं, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया र केशव न्यौपानेको पनि लगानी रहेको छ। दीपकराज गिरीको कथा रहेको फिल्मको पटकथा पनि गिरीले नै तयार पारेका हुन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन्। फिल्म दशैँमा रिलिज गर्ने निर्माण युनिटले बताएको छ।

 

          July 31, 2018 7:24 am | संगीत


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...