प्रदेश १ को पर्यटन एजेन्डाः ५ लाख पर्यटक ल्याउन ५ वर्षे रोडम्याप

4 weeks अगाडी

उदयपुर ।  संघीयतासँगै सबै प्रदेश सरकारले पर्यटनलाई खुबै महत्व दिएका छन्। १ नम्बर प्रदेश सरकारले पनि केही दिनमा सुरु हुने अागामी आर्थिक वर्षको नीति कार्यक्रममा पाँच वर्ष भित्रमा पाँच लाख पर्यटक ल्याउने महत्वकांक्षी योजना अगाडि सारेको छ।

‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ भन्ने नाराका साथ  सरकारले पर्यटन क्षेत्रबाट दुई हजारलाई रोजगारी दिने र ५ लाख पाहुनालाई स्वागत गर्ने योजना सार्वजनिक गरेको हो।

प्रदेश १ को आर्थिक विकासको मुख्य आधार पर्यटनलाई लिइएको छ। सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको उद्घोष अनुसार प्रदेश १ ले पाँच लाखको दावी गरेको प्रदेश सांसद नारायण बुर्जा मगरले बताए।

‘सन् २०१८ मा प्रचार प्रसार, सन् २०१९ मा पर्यटन महोत्सव वर्ष र सन् २०२० देखि २२ को अवधिमा पर्यटन पूर्वाधार निर्माण गरी आगामी पाँच वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ,’ उनले भने, ‘स्थानीय तह पछि नजिकको प्रदेश सरकार हो, जनताकै सहकार्यमा यो सम्भव छ।’

नेपालका सात प्रदेशमध्ये प्रदेश १ मा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन्। अग्लो स्थानदेखि होचो स्थानसम्म पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको विकास गर्न सके समृद्ध प्रदेश निर्माण गर्न सकिने सरोकारवालाको भनाई छ।

पर्यटनमा पाँच वर्षे रोडम्याप प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रममा विभिन्न पर्यटन सम्बन्धी विभिन्न कार्यक्रमम ल्याइएको छ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचार प्रसार लगायतका योजनामा प्रदेश सरकारले ८९ करोड बजेट समेत विनियोजन गरेको छ।

पर्यटक आवागमन वृद्धि गर्न पाथीभारत फुङलिङ, भेडेटार–भेंडेटार, खोटाङ हलेसी जयराम, सुर्यकुण्ड–बराहा क्षेत्र केवलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने, यसैगरी  सोलुखम्बुको फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाजुङ, मंगलबार–अन्तुडाँडा, ईलामको माइपोखरी लगायतका स्थलमा केवलकार सञ्चालनका लागि विस्तृत अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

पर्यटन उद्योगमा निजी क्षेत्र तथा युवा वर्गलाई आकर्षित गर्न प्रदेश सरकारले तालिमको आयोजना र सहुलियत दरमा ऋण उपलब्ध गराउने, प्रदेश सरकारले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई स्तरोन्नति गरी छिमेकी मुलुक भारतको पटना, कोलकाता, नयाँ दिल्ली तथा बंगलादेशको ढाकासम्म अन्तराष्ट्रिय उडान सुरु गरी विदेशी पर्यटकलाई यस क्षेत्रमा सोझै भित्र्याउने भावी योजना लिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले भारतको पश्चिम बंगला र विहार क्षेत्रका पर्यटकलाई आकर्षण गर्न निकट भविष्यमै विराटनगरबाट हिमशिखर अवलोकन उडान (माउन्टेन फ्लाइट) सञ्चालन गर्ने, भारतीय तथा बंगलादेशी पर्यटकलाई लक्ष्य गरी यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय स्थल र सिमसार क्षेत्रको प्रवद्र्धनमा विशेष ध्यान दिने नीति लिएको जानकारी दिए।

धरान, उदयपुर, धनकुटा, पाँचथर र तेह्रथुमका विमानस्थल निर्माणको कार्यलाई प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा विशेष जोड दिएको छ। विराटनगरलाई मुकाम बनाइ पिण्डेश्वरी क्षेत्रलाई वराह–विजयपुर सर्किट तथा हलेसी, छिन्ताङ, बराहपोखरी, साल्पा पोखरी, मनकामना, सिद्धकाली, माइपोखरी, मागंसेवुङ, सिटौली, लब्रेकुटी र पाथीभरा क्षेत्रलाई शक्ति पीठ सर्किटको रूपमा विकास गर्ने, बर्जुताल, कोशी टप्पु, तालतलैया इटहरी, रामधुनी, वराहक्षेत्र, विष्णुपादुका, बुढासुव्वा, यस्तै, इटहरीको तालतलैया क्षेत्र, सन्दकपुर, बेलवारीको वेतिनी ताल, झापाको जामुनखाडी क्षेत्र, केचनाकवल, संखुवासभाको सभापोखरी लगायतका क्षेत्रमा विशेष योजना छ।

गुफापोखरी, भोजपुरको ट्याम्के मैंयु र ओखलढुंगाको सोलु पत्तालेमा पूर्वाधार सहित विभिन्न पर्यटकीय सर्किटहरुको नेटवर्किङ्ग गरी स्थानीय निजी क्षेत्रलाई प्रोत्साहन गरी जिम्मा लगाउने तयारी भएको छ। सिटौली, लब्रेकुटी, मांगसेवुंगलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ। चतरा–सुनकोशीमा जलमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रमको दावी छ।

कति घुम्छन्? एकिकृत तथ्यांकै छैन प्रदेश १ मा सोलुमख्बुको सगरमाथा, खोटाङ हलेसी, सुनसरीको बराहा क्षेत्र, कोशी टप्पु वन्जन्तु आरक्ष, ताप्लेजुङको पाथिभारादेवी, इलाम, धनकुटाको भेडेटार लगायतका ठाँउ पर्यटकका प्रमुख गन्तब्य हुन भन्दा फरक पर्दैन।

यी क्षेत्रभन्दा अन्य क्षेत्र पनि छन्। तर, सगरमाथा, हलेसी, बराहा क्षेत्र, कोशी टप्पु वन्जन्तु आरक्ष, पाथिभारादेवी, इलाम, भेडेटारमा आउने पर्यटको संख्या कति छ भन्ने एकीकृत तथ्याङक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ मा पनि छैन।

मन्त्रालयका प्रवक्ता साहले तथ्याङक जम्मा पार्ने काम भइरहेको बताए। ‘तथ्याङ्क संकलन गर्नु पर्छ,’ उनले भने, ‘त्यसको लागि हाम्रा एक जना अधिकृत बाहिर हुनुहुन्छ।’

पर्यटन कार्यालय सोलुम्बुका प्रमुख अधिकृत टंक भट्टराईले प्रदेश १ मा चालु आर्थिक वर्ष ०७४÷०७५ मा कतिले भ्रमण गरे भन्ने एकीकृत तथ्याङ्क नभएको दावी गरे।

‘पर्यटन सम्बन्धि जोडिएका विभिन्न विकास समिति र संरक्षण समिति छन,’ उनले भने, ‘सवैबाट संकलन गरेर एक नम्वर प्रदेशमा यति हजार आए भन्न सकिन्छ, नत्र सकिदैन।’

प्रदेश १ का विभिन्न पर्यटकीय गनतव्यमा कति पर्यटक भित्रिन्छन भन्ने जम्मा संख्या कतै पाईदैन। ‘सोलुखम्बुमा पनि पर्यटकको संख्या संकलन गर्न धेरै कार्यालय पुग्नु पर्छ,’ पर्यटन कार्यालय सोलुम्बुका प्रमुख अधिकृत भट्टराईले भने, ‘अनुमानित भन्नुपर्दा ५÷६ लाख पर्यटन आँउछन होला।’ पर्यटन सूचना केन्द्र इलामका सुचना अधिकारी गगन घिमिरेले चालू आर्थिक वर्षमा इलाममाा मात्र ९० हजार भन्दा बढीले भ्रमण गरेको जानकारी दिए।

‘हामीले जुन गाडी रिर्जव गरी भ्रमण लेखेर आउँछ, त्यसको मात्र तथ्यङक संकलन गर्ने हो,’ उनले भने, ‘नीजि सवारी साधानमा मार्फत आएर इलामा मात्र कतिले भ्रमण गरे भन्ने संख्या संकलन गर्ने गरेका छैनौ।’ यता सुनसरीको बराहा क्षेत्र विकास संरक्षण मञ्चका सचिव राजु घिमिरे वराह क्षेत्रमा २ लाखन्दा बढी आएको दावी गर्छन्।

‘कति विदेशी आए, कति स्वदेशी आए भन्ने संख्या यकिन छैन,’ उनले भने, ‘वर्षेनी दुईलाखभन्दा बढी आउने गरेका छन्।’ यता पाथीभारादेवी संरक्षण प्रर्वद्धन समिति ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरले पाथीभरादेवीको दर्शन गर्न वार्षिक रुपमा तीन लाखको हाराहारीमा बाह्य तथा आन्तरिक पर्यटक आउने गरेका छन।

‘आउन सडकको सुविधा राम्रो छैन,’ उनले भने, ‘वर्षमा कति, कुन ठाँउबाट आए भन्ने संख्या छैन, तर, तीन लाख आउने गरेका छन।’ होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तथा होटल व्यवसायी महासंघ प्रदेश १ का महासचिव समेत रहेका लिलाराज लावतीले धनकुटाको भेडेटार लगायतका क्षेत्रमा वार्षिक रुपमा एक लाख आउने गरेको जानकारी दिए।

‘हामीले होटलमा बस्नेहरुको संख्या जोडेर निकाल्ने हो,’ उनले भने, ‘यस्तो पर्यटकको संख्या संकलन गर्ने सरकारी निकाय भए धेरै राम्रो हुने थियो।’ खोटाङ हलेसी महादेव स्थान विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले आन्तिरि तथा बाह्य गरेर वार्षिका रुपमा तीन लाख पर्यटक आउने गरेको बताए। ‘हामीले यति विदेशी यति स्वदेसी आए भन्न सक्दैनौ,’ उनले भने, ‘तर, दुई लाखभन्दा माथि आउने गरेका छन, प्रदेशले भनेको पाँच लाख पर्यटक विदेशी हुन।

’ प्रदेश १ का उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री जगदिशप्रसद कुसियैतले एक तथ्यङक नभएको र अव एक तथ्यङक पनि संकलन गर्ने काम थाल्ने बताए।

‘१४ वटा जिल्लामा भएका पर्यटकीय क्षेत्रमा धेरै पर्यटक आउने गरेका छन,’ उनले भने, ‘त्यसलाई व्यवस्थित र आधुनिकरण गर्दै नयाँ पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार लागेको छ, जसले जति भनेको पनि मेरो विचारमा हाम्रो प्रदेशमा गितका दिनहरुमा दुईदेखि तीन लाख पर्यटक घुम्न आउने गरेका छन, त्यसैलाई पाँच लाख पु¥याउने सरकारको योजना हो।’

पर्यटन सम्बन्धि जोडिएका विभिन्न विकास समिति र संरक्षण समिति दिएको पर्यटकको संख्यामा विश्वास नभएको मन्त्री कुसियैतको दावी छ। ‘खै सवैको संख्या धेरै भन्छन,’ उनले भने, ‘त्यसको लागि आधिकारीक तथ्यङक संकलन गर्नु पर्ने वेला आएको छ।’ प्रदेश १ मा पर्यटनको लागि मुख्य समस्या होटल पर्यटकको लागि चाहिले सवैभन्दा मुख्य रुपमा होटलनै हो।

तर, प्रदेश १ मा अन्य प्रदेशको तुलनमा सुविधा सम्पन्न स्टार लेवलका होटल छैनन्। होटल व्यवसायी महासंघ नेपाल प्रदेश १ का महासचिव लिलाराज लावतीले पर्यटकको संख्या बढाउन होटल व्यवसायलाई प्रोत्साहन गर्नु पर्ने बताए।

‘हाम्रो प्रदेशमा स्टार लेवलका सुविधा सम्पन्न होटल ३ वटा मात्र छन,’ उनले भने, ‘एक नम्वर प्रदेशमा होटलमा लागनी न्युन छ, प्रदेश सरकारले बढाउने काम गर्नु प¥यो, जसमा सस्तो व्याजमा ऋण दिएर हुन्छ की विदेशी लगानी ल्याएर हुन्छ, सुविधासम्पन्न होटलको संख्या बढाउन जरुरी छ।’

होटल व्यवसायी महासंघ नेपालले प्रदेश १ पर्यटकको लागि सेवा गर्न सक्ने एकसय बेड सम्म भएका मझौला प्रकारका होटल १४ जिल्लामा सात आठ सय मात्र छन्। जसले पर्यटकको बस्नेत दिन लम्ब्याउन सकेका छैनन्। होटल मात्र नभएर पर्यटकीय गनतव्य स्थलसम्म पुग्न पनि व्यवस्थित सडक छैन। पुग्दा पनि खाने बस्ने सुविधासम्म होटल पनि छैन।

उद्योग वाणिज्य महासंघ नेपाल प्रदेश १ का प्रथम उपाध्यक्ष राजेन्द्र राउत पनि होटलमै समस्या भएको बताउँछन। ‘पर्यटकको लागि होटलमै समस्या छ,’ राउतले भने, ‘होटल, सडक लगायतका भौतिक पुर्वाधारमा सरकारले ध्याँन दिनु पर्छ।’ अधिकाँस पर्यटकीय क्षेत्रमा नाम मात्रका होम स्टे मात्र निर्माण भएका छन्।

नीजि क्षेत्र भन्छ, चुनौती धेरै छन् नीजि क्षेत्रको नेतृत्व गर्ने विभिन्न गैर सरकारी निकायहरु पाँच वर्ष भित्र पाँच लाख पर्यटक भित्र्याउने योजनामा धेरै चुनौती रहेको बताउँछ। देशका सात प्रदेशमध्ये एक नम्वर प्रदेशमा थोरै दिन मात्र पर्यटक बस्ने गरेका छन्।

एक नम्वर प्रदेशको सवैभन्दा धेरै पर्यटक आउने स्थान सोलुखम्बु जिल्लामा पर्ने विश्व सर्वौच्च शिखर सगरमाथा नै हो। प्रदेश १ को सगरमाथा भन्दा अन्य पर्यटकीय क्षेत्रको कमै चर्चा हुन्छ भन्दा फरक पर्दैन।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का प्रथम उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारबाट नीजि क्षेत्रको लागनी केन्द्रित गर्ने कानुनहरु ल्याउनु पर्ने बताए। ‘प्रदेश सरकारले जुन नीति तथा कार्यक्रममा भनेको छ,’ उनले भने, ‘त्यो एक दम राम्रो छ, जस्तो केलकार निर्माण लगायतका काममा नीजि क्षेत्रको लगानी र प्रदेश सरकारले संयुक्त रुपमा गर्ने भनेको छ, त्यो धेरै राम्रो हो।,

थप्दै राउतले भने, ‘नीजि क्षेत्रको लगानी पर्यटन क्षेत्रमा केन्द्रित बनाउन अव कस्तो कानुन बनाउँछ त्यो हेर्न बाँकी छ।’ होटल व्यवसायी महासंघ प्रदेश १ महासचिव लावतीले भौतिक पुर्वाधारको अभावदेखि प्रचार प्रसारनै मुख्य समस्या रहेको औल्याएका छन्।

‘होटल, सडक, अनि प्रचार प्रसारलाई अव सरकारले कसरी ऐन कानुन बनाएर लिन्छ,’ उनले भने, ‘होटल सडक प्रचार प्रसचार अनि अन्य पुर्वाधारमा नीजि क्षेत्रलाई प्रदेश सरकारले जोड्छ त्यो हेर्न बाँकी छ।’

नीजि क्षेत्रले होटलमा लागनी केन्द्रीत गर्नु पर्ने दावी गर्दै आएका छन्।   यस्तो छ प्रदेश सरकारको दावी  प्रदेश १ को नीति तथा कार्यक्रममा विभिन्न पर्यटन सम्बन्धी ल्याएको कार्यक्रमै काफी भएको दावी गरेको छ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचार प्रसार लगायतका योजनामा प्रदेश सरकारले आगामी आवमा ८९ करोड बजेट विनियोजन गरेको बजेटनै कार्यन्वयमा आउँदा पहिलो वर्षमै धेरै काम हुने ठोकुवा छ। प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले बनाउन बाँकी रहेका ऐन कानुन समय परिस्थिति अनुकुल बनाउनु पर्ने र अनुगमनको पाटोलाई पनि जोड दिने हुनु पर्ने बताए।

उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री जगशिदप्रसाद कुसियैतले सातप्रदेशको भन्दा फरक, नयाँपन दिने पर्यटन क्षेत्रमा आमुल परिवर्तन हुने गरी नीति तथा कार्यक्रममा ल्याइएका योजना कार्यन्वय हुने दावी गरे।  आर्थिक मामिल मन्त्री इन्द्रबहादुर आङबोले पर्यटकीय क्षेत्रबाट वार्षिक करडौं रुपैँया आम्दामी गर्न सक्ने दावी गर्दै आएका छन्।

‘जुन प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएका योजना छन, त्यो कार्यन्वय हुन्छ,’ उनले भने, ‘नीजि क्षेत्रका लगानी समेत प्रदेश सरकारले सदुपयोग गर्ने गरी ऐन कानुन बनाउने छ।’ कुन ठाँउमा कुन पर्यटनको विकास  कृषि, धार्मिक, प्राकृतिक, सँस्कृतिकदेखि विभिन्न पर्यटकीय क्षेत्रको सम्भवाना छ। यस प्रदेशमा उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म पर्छ।

जसले गर्दा प्राकृतिक पर्यटनको प्रचूर सम्भावना छ। मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृङ्खला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचूर सम्भावना बोकेका क्षेत्र छन्।

यता धार्मिक पर्यटनको लागि पनि महत्वपूर्ण मानिन्छ। प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरी, उदयपुरको रौता पोखरी जस्ता महत्वपूर्ण धार्मिक क्षेत्र हुन्। प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षी जस्ता धार्मिक पर्यटन क्षेत्र पर्छन्।

तराई, भित्री तराई, महाभातर हुँदै हिमाली क्षेत्रले भरिपुर्ण प्रदेश हो। तराईका झापा र मोरङ अन्न उत्पादनका भण्डार मानिन्छन्। कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यन्नमा आत्मनिर्भर बनाउँदै कृषि पर्यटनको विकास गर्न सकिन्छ।

नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलदेखि लिएर अहिले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा दर्जनौँ ठूला उद्योग छन्। नेपालमा पोखरामा मात्रै प्याराग्लाइडिङ सेवा सञ्चालनमा छ। प्याराग्लाइडिङ धरानमा पनि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ। अहिले उदयपुरका स्थानीय तहले पनि तयारी थालेका छन्।

साँस्कृतिक पर्यटकीय क्षेत्रहरुको महत्व अझ बढाएको छ। विभिन्न जात समुदाय, धर्म, संस्कारको भरिपूर्ण मिश्रण छ। भोटेकोशीपछि ¥याफ्टिङको लागि राम्रो नदीको रुपमा पूर्वको तमोरलाई मानिन्छ। तमोरसँगै सुनकोशी र अरुण पनि अन्य राम्रा ¥याफ्टिङ नदीहरुमा पर्छन्। सुनसरीका प्रदेश सँसद उतिमा विक सवै प्रकारको पर्यटनको विकास गर्न सकिने दावी गर्दछिन्।

एक नम्वर प्रदेशेको पर्यटकीय परिचय प्रदेश पोर्टलका अनुसार हिमाल, पहाड र तराईसम्म फैलिएको प्रदेश नं १ मा झापा, इलाम, पांचथर, ताप्लेजुंग, संखुवासभा, तेरथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्ला पर्दछन्। यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन। यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन्।

यस प्रदेशको कुल क्षेत्रफल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ छ। मोरङ जिल्लाको बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकिएका छ। जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्रि, राई, लिम्बु, थारु, लेप्चा, तामांग, गुरुङ, मेचे, कोचे, यादव, राजवशी, लगायतका जातिहरुको बसोबास छ।

नेपाली, मैथिली, किराती, तामांग, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु भाषा मुख्य रपमा बोलिन्छन। विश्वकै सर्वाच्च शिखर सगरमाथा लगायत कन्चंजंगा, मकालु, चोयु, लोत्से, जन्नु, यलुंगकांग आदि हिमालहरुको अवस्थितिले मित्ररास्त्र चीनसँग प्राकृतिक सीमाको काम गरेका छन्।  यस प्रदेशमा ईलामको अन्तुडाडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरु रहेका छन्।

प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा रास्ट्रिय निकुन्ज, मकालु बरुण रास्ट्रिय निकुन्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकली जस्ता ठुला र लामा झरनाहरु पनि यसै प्रदेशमा छन्।

सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृखलालगायत प्राकृतिक सम्पदाले सुसोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ। असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदुरपूर्वमा रहेको यस प्रदेश नं १ मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरु छन्।

जस्तै ताप्लेजुंगको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरु रहेका छन्।

यी स्थलहरुमा स्वदेशी तथा विदेशी तिर्थालुहरुको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौं भक्तजन तथा तिर्थयात्रीहरुको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ। यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ। जलश्रोतमा सम्पन्न यस प्रदेशमा अरुण, तमोर, दुधकोशी, मेची, कन्काई र त्रिजुगा, लगायतका नदीहरु रहेका छन् ।

देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ। यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्ला समेटिएका छन्। एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका यो प्रदेशमा छन्।

-थाहाखबरबाट

          July 22, 2018 4:11 pm | प्रदेश


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...