वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता

4 weeks अगाडी

दूधे । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् ।

वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे । उनले मोटर साइकलको ठाउँमा साइकलको माग समेत गरे । मोटर साइकलको चावी नगरकी उपमेयर भोजकुमारी नेपाललाई फिर्ता गर्दै उनले भने, वडा सदस्य साइकलमा म मोटर साइकलमा सुहाएन नि, बस्नेतका अनुसार वडाका नागरिकको सेवा सुविधाकालागि आफुले साइकलबाटै पनि पर्याप्त समय र काम निकाल्न सकिने बताए ।

वडाध्यक्ष बस्नेतले सुविधाको मोटर साइकल फिर्ता गरेर ५ ओटा साइकल माग गरेका छन् । उनले आफु लगायत वडा सदस्यहरुका लागि साइकल माग गरेका हुन् । आफुले फिर्ता गरी माग गरेको साइकलबाट पनि बचेको रकम वडाको घले बाँधलाई संरक्षण गर्ने बताए । उनले यसरी बचेको रकम विकास निर्माण मै खर्चिने समेत जानकारी दिए । यसअघि वडा नं. ६ का वडाध्यक्ष मनोज खुलालले नगर दिएको सुविधाको मोटरसाइकल लिएका थिएनन् ।

गत वर्षको योजना समीक्षा र चालु आर्थिक वर्षको योजनाको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वडा नंं ८ लाई नगरकै नमुना वडाका रुपमा विकास गर्न वडा समिति तल्लिन रहेको वडा सचिव पुष्प पाण्डेले बताए । झिलझिले बजार र डुडाँमारी बजार उत्तरको अव्यवस्थित वंगुरको खोरलाई व्यवस्थित गरेर वडालाई स्वच्छ र सफा वडाको रुपमा विकास गरिने पनि पाण्डेले जानकारी दिए ।

त्यस्तै वडाले बाल तथा वातावरण मैत्री वडा शासन, झिलझिलेमा विद्युतीय विलिङ्ग काउण्टर स्थापाना गर्ने बताएको छ । वडामा रहेको एतिहासिक तथा धार्मिक क्षेत्रहरुको संरक्षण, वडा रिङ्गरोड बनाउने चालु वर्षका लागि योजना अघि सारेको वडा सचिव पाण्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले वडालाई दिएको सुविधा फिर्ता गरेको साँचो नगरलाई बुझाउने भन्दै जनताले विकासलागी गरेको संकल्प अब छिट्टै पुरा हुने बताइन् । नगरले यस चालु वर्षमा नगर रिङ्गरोड तथा ट्रङ रोडहरुलाई कालो पत्रे गर्ने काम सुरु गर्ने जानकारी दिइन् । उनले धैरै बाटा ग्राभेल भईसकेकाले चालु वर्षमा कालो पत्रेको योजना अघिबढेको बताईन् ।

नेपाली कांग्रेसका सन्त फेवदिनले नगर र वडाले प्रतिपक्षले ल्याएका हरेक योजना नसमेटेको गुनासो गरे । उनले भने वडाध्यक्ष वस्नेतले ल्याएको नमुना वडाको विषय सकारात्मक भए पनि यो पुरा गर्न भने चुनौति रहेको बताए । नमुना नगर बनाउन शिक्षाको गुणस्तर विद्यालयको सुधार, स्वास्थ्य, विद्युतिकरण, बजारका ढल, फोहोर मैला व्यवस्थापन लगायतका कामहरु पुरा भए मात्र नमुना वडाका लागि ढोका खुल्ने जानकारी दिए । वडाध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रम वडाका कर्मचारी कुमारसिंह साँवाले सञ्चालन गरेका थिए ।

          July 21, 2018 9:06 pm | टप,लोकप्रिय,स्थ्यानिय तह


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...