प्रदेश १ को राजधानी गोठगाउँ उपयुक्त, नाम सगरमाथा

4 weeks अगाडी

विर्तामोड । झापाका नागरिकहरुले प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्न उपयुक्त हुने बताएका छन् ।

विहीबार बिर्तामोडमा भएको छलफलमा सहभागी नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधी, ज्येष्ठ नागरिकहरुले मोरङको गोठगाउँलाई प्रदेशको राजधानी बनाउन उपयुक्त हुने बताएका हुन् ।

प्रदेशका १४ वटै जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी उपयुक्त हुने ज्येष्ठ नागरिक तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बताए । सुरक्षाको दृष्टिकोणले र दीगो रुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प नभएको उनको भनाई थियो ।

विराटनगरमा भारतीय सीमा नजिकै रहेकाले सुरक्षाको दृष्टिकोणले त्यहाँ राजधानी राख्न नहुने सभागीहरुको भनाई थियो । पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रविन्दु, पूर्वाञ्चल विश्वविद्यालय समेत रहेको आठ सय विगााह जमिन भएको गोठगाउँलाई दीगो सोचका साथ राजधानी बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।

भेलाले प्रदेश नं. १ को नाम विराट र सगरमाथा मध्ये कुनै एक वा दुवैलाई जोडेर विराट सगरमाथा राख्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

सहभागीले अन्य नामहरुमा कोशी, सप्तकोशी, मेची–कोशी, कञ्चनजंघा, विराट–सप्तकोशी, माउण्ट एभरेष्ट, विराट–हिमालय जस्ता नाम पनि उचित हुने बताएका छन् । प्रदेशको नाम राख्दा सबैको आत्मसम्मान हुनेगरी नाम राख्न सभागीहरुले जोड दिएका थिए ।

भेलामा ४० बढीको सहभागी रहेका थियो ।

          July 19, 2018 3:13 pm | लोकप्रिय,समाज


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...