द्वन्द्वपीडितले ५१ लाख रुपैयाँ राहत बुझे

1 month अगाडी

तेह्रथुम  ।  तेह्रथुममा जिल्ला प्रशासन कार्यालयले दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण गरेको छ ।

बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २४ परिवारलाई ५१ लाख ५५ हजार ७ सय रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

जसमध्ये बेपत्ता पारिएका दुई जनालाई १४ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै मृतकका परिवार ६ जनालाई २३ लाख रुपैयाँ र विस्थापित हुने १८ परिवारलाई १४ लाख ५५ हजार ७ सय रुपैयाँ वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले जानकारी दिनुभयो । विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाहरुको आवेदन लिएर राहत वितरण भइरहेको छ ।

जिल्लाका द्धन्द्धपीडितका लागि यो वर्ष ६४ लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । त्यसमध्ये अहिलेसम्म वितरण भएको बाहेकका पीडितलाई समेत असार मसान्त भित्रै राहत वितरण गर्न सकिने अवस्था रहेको छ । तर पीडितहरुको आवेदन बिहीबारसम्म पनि नभएकाले अब बाँकी झण्डै १३ लाख रुपैयाँ फिर्ता जाने भएको छ ।

– उज्यालो 

          July 14, 2018 11:06 am | प्रदेश


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...