|| Sunday 22nd July 2018

आहा मीठो चटामरी ! यसरी तयार गर्नुहोस्

2 weeks अगाडी

चटामरी हाम्रो नेपालमा चर्चित खाना हो । खासगरी नेवारी समुदायमा यो लोकप्रिय छ । त्यसैले त यसलाई नेवारी पिज्जा समेत भनिन्छ । तर अरु समुदायले पनि चटामरी प्रशस्तै प्रयोगमा ल्याउने गरेको पाइन्छ । हामीले घरमा यसरी चटामरी बनाउन सक्छौं ।

चाहिने सामग्री

१.चामलको पिठो ५०० ग्राम

२.मन तातो पानी (आवश्यकता अनुसार)

३.तेल (कराईमा चिल्लो लगाउन)

चटामरी बनाउने प्रक्रिया

१) चामलको पिठो र पानीलाईसँगै एकै भाडामा राखेर घोल्नुहोस् । पिठोलाई बाक्लो हुँनेगरी घोल्नुहोला ।

२) कराई ग्याँस, आगोमा तताउनुस् ।

३) ६०/७० मिलिलिटर घोल कराईमा पातलो गरी फैलाउनुहोस् ।

४) दुवैतर्फ पकाउनुहोस् । चटामरी नरम हुदै निकाल्नुहोला । धेरै कडा, कालो नहुन दिनुहोला ।

५) यसरी तयार भएको चटामरी टमाटर वा धनियाको चटनीसँग खानुहोस् ।

          July 8, 2018 3:57 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु: