|| Sunday 22nd July 2018

पेनाल्टी सुटआउटमा चुक्यो आयोजक रुस, क्रोएसिया सेमिफाइनमा

2 weeks अगाडी

विश्वकप २०१८ बाट क्वाटर फाइनलसम्म यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ। रुसलाई क्वाटर फाइनलमा क्रोएसियाले पराजित गरेको हो।

क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। निर्धारित समयमा एक एक गोलको बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुई दुईको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउट मार्फत निर्णय लिइएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसियालका लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, इभान राकिटिकि र डोमागोज भिडाले गोल गरे। क्रोएसियाका माटेओ कोभाकिकको प्रहार भने गोलमा परिणत हुन सकेन।

          July 8, 2018 8:05 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु: