|| Sunday 22nd July 2018

चन्द्रगढीमा यमाहाको सोरुम

2 weeks अगाडी

भद्रपुर । ओम साई अटो पार्टसले भद्रपुर १० चन्द्रगढीमा यमाहा कम्पनीका विभिन्न क्षमताका मोटर साइकलको बिक्री सुरु गरेको छ ।

व्यवसायी गोपालबहादुर थापा तथा अर्जुन थापाले सञ्चालन गरेको सो पार्टसले भद्रपुर नगरमा पहिलो यमाहा कम्पनीको मोटरसाइकल सोरुमको सेवा सुरु गरेको हो ।

समाज सेवी ९८ वर्षीय खड्गप्रसाद तिम्सिनाले रिवन काटेर उद्घाटन गरेको सो कार्यक्रममा भद्रपुर नगरपालिका १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सयपत्री ट्रेडर्स विर्तामोडका विनोद बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै व्यवसायी गोपालबहादुर थापाले व्यापारमा विर्तामोड धाउनु पर्ने वाध्यता अन्त्य गर्न यमाहा कम्पनीको सो रुम चन्द्रगढीमा ल्याएको प्रष्ट पारे । उनले भद्रपुर नगरको उन्नतिका लागि यहीँ रहेर व्यापार व्यवसाय गर्ने प्रवृत्ति विकासमा जोड दिएका छन् ।

          July 5, 2018 8:50 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु: