|| Sunday 22nd July 2018

‘सप झापा’ सञ्चालनमा

3 weeks अगाडी

बिर्तामोड । झापाको बिर्तामोडमा विद्युतीय पसल ‘सप झापा’ सञ्चालनमा ल्याइएको छ ।

बढ्दो प्रविधिको विकाससँगै अनलाइनमाफर्त् सेवा दिने उद्देश्यले सप झापा सञ्चालनमा ल्याइएको सञ्चालक सुमन शर्माले बताए । ‘प्रविधिको प्रयोगले विदेशी राष्ट्र अनलाइन मार्फत् धेरै काम गरिरहेका छन्’, उनले भने, ‘हामीले पनि झापाबाट यो कामको सुरुवात गरेका छौँ ।’

एम्बुलेन्स, विवाह–पार्टीको अर्गनाइज गर्नेदेखि सम्पूर्ण घरसायसी सामग्री, इलोक्ट्रोनिक सामग्री अनलाइनमा अडर गरेसँगै घरमै पुर्याउने व्यवस्था मिलाइएको अर्का सञ्चालक रोशन चौहानले बताए ।

बिर्तामोड क्षेत्रमा अनलाइनमा अर्डर गरेको एक घण्टा र झापाको कुनै पनि ठाउँबाट अडर आएमा एक दिनमा सामान उपलब्ध गराइने उनले बताए ।

साझेदारीमा शर्मा र चौहानले २० लाख रुपैयाँको लागतमा व्यवसाय सञ्चालन गरेका हुन् । अगामी दिनमा व्यवसायलाई थप विस्तार गर्दै लैजाने उनीहरुले बताएका छन् ।

          July 4, 2018 9:13 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु: