|| Sunday 22nd July 2018

शिखरमा सुगारिकाः महिला सशक्तिकरणको भरपर्दो माध्यम सहकारी

3 weeks अगाडी

बिर्तामोड । मिस नेपाल २००५ को ताज पहिरिएकी सुगारिका केसीलाई बोलाएर यहाँको शिखर साकोसले आफ्ना कर्मचारी र सदस्यलाई तालिम दिएको छ ।

‘बिजनेश प्रोमोशन एण्ड पर्सनालिटी डेभलपमेन्ट’ विषयमा सोमबार साँझ आयोजित कार्यक्रममा सुगारिकाले भनिन्, ‘सहकारी अभियानमा नेपालका ५० देखि ६० प्रतिशतसम्म महिला संलग्न छन् । महिला सशक्तिकरणको सबैभन्दा भरपर्दो माध्यम सहकारी बनेको छ ।’

व्यक्तित्व विकासको सन्दर्भमा उनले भनिन्, ‘मानिसको लागि सबैभन्दा ठूलो कुरा आँट हो, आँट भएको मान्छेले जस्तोसुकै क्षमताको काम गर्न हिच्किचाउँदैन । प्रायः सफल पनि बनेका उदाहरण छन् । यसैले आँट गरेर आत्मबल दह्रो बनाएर काम शुरु गर्नुस्, ९० प्रतिशत व्यावसायिक सफलता पाउनुहुन्छ ।’

‘सबै मानिसले आफ्नो फरक चरित्र र व्यक्तित्व लिएर आएका हुन्छन्’ व्यक्तित्व विकासका सन्दर्भमा केसीले भनिन्, ‘तर उसको रहनसहन, बसउठ, लवाईखवाई, शिक्षा, भौगोलिक अवस्था आदिले यसमा फरक ल्याइदिन्छ । जसलाई समयानसकूल ग्रहण गर्न र प्रयोग गर्न सकेमा उसको व्यक्तित्वमा पक्कै विकास हुनेछ ।’

साकोसका आवद्ध केही सदस्य र कर्मचारीका लागि आयोजित विशेष प्रशिक्षणमा केसीले सहकारीको साथ नभएको भए अहिले पनि धेरै महिला घरभित्रै सिमित रहनुपर्ने बाध्यता भइरहन्थ्यो भन्दै सहकारी अभियानलाई ‘माइती’को संज्ञा पनि दिइन् ।

          July 4, 2018 3:12 pm | सहकारी


प्रतिकृयाहरू :

समाचारहरु: