|| Sunday 22nd July 2018

साहारा नेपालले गर्यो बिश्वकर्माको ऋण मिनाहा

3 weeks अगाडी

कमल । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक सेवा केन्द्रले आफ्ना दुई जना सदस्यको ऋण मिनाहा गरेको छ ।

संस्थाले पाथिभरा सहारा महिला समुह, समुह न. १० की सदस्य श्री माधुरी बिश्वकर्माको मृत्यु पछि उनका हकवाला श्रीमान रामेश्वर बिश्वकर्माको ऋण मिनाहा गरेको हो । संस्थाले ऋण मिनाहसहित १ लाख ५० हजार दशकर्म खर्च वापत ४५ हजार तथा पेन्सन कोष वापत २० हजार ८ सय गरी जम्मा २ लाख १५ हजार ८ सय रुपैया विश्वकर्मालाई प्रदान गरेको छ । उक्त रकम दमक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिम प्रसाद पौडेलले मृतकका श्रीमान रामेश्वर बिश्वकर्मालाई प्रदान गरेका थिए ।

त्यसैगरी ज्योती साहारा महिला समुह, समुह नम्बर २१ की सदस्य श्री चन्द्रमाया राईको ऋण मिनाहा वापत १ लाख ४० हजार दशकर्म खर्च वापत ४२ हजार तथा पेन्सन कोष वापत १३ हजार ४ सय गरी जम्मा १ लाख ९५ हजार ४ सय रुपैया मृतकका श्रीमान मनकुमार राईलाई प्रदान गरेको , सस्थाका दमक सेवा केन्द्र प्रमुख मेनुका शिवाकोटीले जानकारी दिइन् ।

          July 2, 2018 5:09 pm | सहकारी


प्रतिकृयाहरू :

समाचारहरु: