|| Sunday 22nd July 2018

रोल्पा जलजला समाज कतारले “घर्ति बचाऊ अभियान”मा दुईलाख सङ्कलन

3 weeks अगाडी

कतार । रोल्पा जलजला सेवा समाज कतारले दिल बहादुर घर्ति बचाउ अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ । समाजले पत्रकार सम्मेलन गरि उक्त रकम सार्वजनिक गरेको हो ।

साउदी अरबमा जेल जीवन बिताइरहेका घर्तिलाई समाजले सुचारु गरेको अभियानमा जलजल समाज अन्तरर्गत गाबिस स्तरीय संघ सस्थाहरुको सक्रियतामा जनप्रगतिसिल सेवा समाज नयाँ बस्ती लुङग्री ३, गुम्चाल प्रवासी सेवा समाज, रांक प्रवासी सेवा समाज, बराहक्षेत्र संरक्षण समिति बडाचौरको विशेष पहलमा नेपाली दुई लाख संकलन गरेको छ ।

उक्त अभियानबाट सङ्कलन भएको रकम केहि दिन भित्रमै इन्द्रेणी कार्यक्रम मार्फत निजको परिवारलाई हस्तान्तरण गरिने सस्थाका अध्यक्ष शिव बुढाथोकीले  जानकारी दिए । पीडित घर्तिको घरमा श्रीमती, ८ बर्षकी छोरी र ४ बर्षको छोरा छन । घर्ती २०७२ साल १० महिना १८ गते रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । साउदी पुगेको तीन महिना मै सवारी चलाउने क्रममा गाडी ठोकिएर स्थानीय नागरिकको ज्यान गएपछि उनी मिती २०७३ साल जेष्ठ महिनाको ३० गते जेल चलान भएका थिए ।

मृतको परिवारले ब्लड मनी स्वीकार गरे घर्तिलाई स्वदेश फर्काउन सकिने साउदी नागरिक उच्च् अदालतले घर्तीको पक्षमा ७५% गल्ति देखाई उनलाई साउदी रियाल २,२५००० मृतकको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने फैसालाको निर्यण प्रति पक्षमा नेपाली दुतावास रियादले अदालतमा पुनरावेदन गरेको थियो ।

निजको श्रीमतीले इन्द्रेणी कार्यक्रम मार्फत देश बिदेशमा रनुहुने सम्पुर्ण संघ-संस्था तथा समाज सेवीहरुलाई सहयोगको लागि याचना गरेकी थिइन । समाजले कतारमा स्थापित संघ संस्थाहरुलाई पत्रचार तथा संस्थाको आधिकारी सामाजिक संञ्जालहरु मार्फत सहयोग अपिल गरेको थियो । समाजले घर्ती बचाऊ अभियानमा सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धन्याबाद प्रकट गरेको छ ।

समाजले हिजोको मिति देखि लागुहुने गरी घर्ति बचाउ अभियान कतारबाट बन्द गरेको छ। कसैले उक्त व्यक्तिको नाममा रकम संकलन नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ ।श्रम मन्त्रालयका अनुसार विदेशमा अलपत्र परेका कामदारहरूलाई नेपाल ल्याउने उचित विधिबारे अध्ययन गर्न एक कार्यदल गठन भएतापनि कुनै उद्धार कार्यन्वयन नहुदा पीडित घर परिवार र सुभेच्छुकहरुले गुनासो व्यक्त गरेका छन ।

नेपालबाट दैनिक सरदरमा हजार देखि पन्ध्र सयको हाराहारीमा बाहिरिने नेपालीहरुको रोजगारीको मुख्य गन्तव्य खाडी मुलुक रहेको छ । श्रम रोजगार तथा समाज कल्याण मन्त्रालयका अनुसार विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्नेबारे अध्ययन भइरहेको बताए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडी नबढेकोमा पिडितहरुका परिवार  चिन्तित छन् ।

सरकारले “उद्धार गर्ने सम्बन्धित मन्त्रालय र विदेशस्थित नेपाली नियोग र त्यहाँका सरकारसँग समन्वय गरेर नेपाली कामदारको उद्धार गर्ने हो । कसरी प्रभावकारी ढङ्गमा उद्धार गर्न सकिन्छ भनी अध्ययन गर्न एउटा कार्यदल गठन भएको बताईए पनि सोहि कार्यदलले उचित काम गर्न सकेको छैन ।

वैदेशिक रोजगारीका लागि जाने कामदारको हक र हितका लागि काम गरिने भनि नव गठित सरकारले यसअघि पनि बोल्दै आएको छ ।

          June 30, 2018 12:11 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु: