मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङ मार्गको अनुगमन

May 26, 2023 12:00 pm

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङ मार्गको अनुगमन गरेको छ।

उक्त टोलीले आजै नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको कामबारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ।

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए। सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ।

आउँदो दशैंसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ। आउँदो डेढ वर्षमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जिनियर रमेश कोइरालाले बताए।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ। यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन्। कोरोना महामारी लगायत कारणले काममा ढिलाइ हुँदा सुरुङ मार्गको निर्माण अवधि एक वर्ष थपिएको हो।

          May 26, 2023 12:00 pm | मिडियाबाट साभार,विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: