काभा महिला भलिबलः नेपाल र काजकिस्तान भिड्दै

May 26, 2023 10:45 am

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकिस्तानसँग खेल्दैछ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकिस्तानबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। नेपाल आज काजकिस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ।

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकिस्तान समूह बीको विजेता बन्दै सेमि फाइनल पुगेको हो।

          May 26, 2023 10:45 am | खेलकुद,मिडियाबाट साभार,लोकप्रिय

प्रतिकृयाहरू :

समाचारहरु: