असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

May 23, 2023 6:22 pm

काठमाडौं। सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।’

          May 23, 2023 6:22 pm | मिडियाबाट साभार,राष्ट्रिय समाचार,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: