मेयर बालेन शाहविरुद्ध प्रदर्शन

March 27, 2023 2:08 pm

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध आज (सोमबार) काठमाडौमा प्रदर्शन गरिएको छ। सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरुलाई उठिबास लगाउने काममा काठमाडौं महानगरपालिका लागेपछि त्यसको विरोधमा प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताएका छन् । उनले संविधान, कानुन विपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहले गरिरहे थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितका नारा लगाएका थिए ।

          March 27, 2023 2:08 pm | मुख्य समाचार,विविधा

प्रतिकृयाहरू :

समाचारहरु: