लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

March 26, 2023 1:57 pm

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् ।

माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरीको सरकार ढल्ने अवस्थामा पुगेको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना सहभागी थिए ।

          March 26, 2023 1:57 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: