केर्खामा रक्तदान, ९७ प्रिन्ट रगत संकलन

March 24, 2023 9:04 pm

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज आयोजित वृहत रक्तदानमा ९७ प्रिन्ट रगत संकलन भएको छ ।

वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गरेका थिए ।
रक्तदान साहारा नेपाल साकोस, कमल नगर जेसीज र लायन्स क्लव अफ केर्खाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

साहारा नेपाल सेवाकेन्द्र केर्खाका संयोजक शिवप्रसाद भट्टराईको अध्यक्षमा अध्यक्षता तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोइराला लगायतले रगतदान गरेका थिए । रक्तदाताहरुलाई प्रशंसा स्वरुप फुलको विरुवा हस्तान्तरण गरिएको थियो .।

          March 24, 2023 9:04 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: