प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा
March 20, 2023 5:50 pm
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ मध्ये प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत पर्यो । उनलाई एमाले र राप्रपाले मत हालेनन्। नेमकिपा तटस्थ बस्यो ।
प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन्।
यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए। एमाले नेतृत्वको सात दलीय गठबन्धन छाडेर चुनाव अघिकै गठबन्धनको पक्षमा उभिएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
March 20, 2023 5:50 pm | मिडियाबाट साभार,राजनीति,राष्ट्रिय समाचार